सुर्खेत । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका सबै मन्त्रीले राजीनामा दिएका छन् ।
उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा गरेको जानकारी दिएका हुन् ।
कर्णाली सरकारमा कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।
केन्द्रमा सत्ता गठवन्धन बदलिएसँगै कर्णालीका मन्त्रीहरूले राजीनामा दिएका हुन् । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको थियो।
प्रतिक्रिया