१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । राष्ट्र बैंकले बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड र र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

९१ दिनको ट्रेजरी २०८१ जेठ २२ गते र १८२ दिनको ट्रेजरी २०८१ भदौ १८ गते परिपक्व हुनेछ ।

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Recent Comments

No comments to show.