संसद्का दुवै सदनको बैठक आज बस्दै

संसद्का दुवै सदनको बैठक आज बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक १ः १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने र २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९/०८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Recent Comments

No comments to show.