काठमाडौं । नेपाली चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।
कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले महाजात्रा पैसा र शक्तिले अहिलेको युवा पुस्तालाई दुरुपयोग गरिरहेको कुरालाई चलचित्रमार्फत समाजमा देखाउनुपर्छ भन्ने उद्देश्यबाट बनाएको बताए। उनले युवालाई दुरुपयोग गर्न हुँदैन भन्ने हेतुले फिल्म बनाइएको उल्लेख गरे।
उनले भने, ‘महाजात्रा किन बन्यो, सिनेमाको सिक्वेलमा आइरहेको छ भन्ने होला, मलाई पनि सिनेमाको सिक्वेल बन्नुहुन्छजस्तो लाग्दैन। अर्को नयाँ चिज बनाउँदा हुन्छ भन्ने लाग्थ्यो। पैसा र पावरले अहिले युथलाई साँच्चिकै कत्तिको मिसयुज गरिरहेको छ भन्ने भन्नुपर्छ। रमाइलो किसिमले भनौँ भनेर बनाएको हो। युवालाई मिसयुज गर्नु हुँदैन भन्ने हेतुले बनाएको हो।’
त्यस्तै, कलाकार हरिवंश आचार्यले चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु रहेको बताए। उनले महाजात्रामा आफूले अभिनय गर्न पाएको खुशी लागेको बताए।
उनले भने, ‘चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु हुन्छन्। महाजात्रामा मलाई चलचित्र खेल्नुस् भन्ने कुरा आउँछ तर कथा हेरेपछि आत्मविश्वास कसरी बनाउने भन्ने डर लाग्छ। तर प्रदीपले नखेलाउने हो कि भन्ने डर लाग्थ्यो। मैले फोन गरेर पनि सोधेँ।’
चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ। आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।
हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ।
प्रतिक्रिया