प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ बैठक कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ बैठक कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । त्यस्तै आजको बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् । 

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मुल्याङकन विधेयक २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

साथै, सो विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Recent Comments

No comments to show.