राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

साथै आउँदो चुनावमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता साझेदार नेपाली कांग्रेसले दाबी गरिरहेको छ। कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउनेगरी उम्मेदवार बनाइएको नेताहरुले बताइरहेका छन्।

माओवादीले अध्यक्ष छाड्न नहुने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन्। राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदै छ।

Recent Comments

No comments to show.