देश भित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : गगन थापा

देश भित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : गगन थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन्। नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तर्क्रियामा बोल्दै थापाले धेरै तलब दिने रोजगारीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैं सिर्जना गर्ने थापाको भनाइ थियो। उनले नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए। 

कार्यक्रममा के एण्ड के इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्तै सम्भावना रहेको बताए। उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए।

‘इन्जिनियरिङ अध्ययनका लागि प्लस टू सक्नासाथ देश छाडेर जान आवश्यक छैन। यहीँको कलेज राम्रो छ। विदेशको काम नेपालबाटै गर्न सकिन्छ। अवसर नेपालमै आउँदैछ,’ खरेलले भने। तर उनले इलेक्टिकल  इन्जिनियरको माग बढे पनि पढ्नेको संख्या घटिरहेकोतर्फ भने चिन्ता व्यक्त गरे। 

अन्तर्क्रियामा नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए।

Recent Comments

No comments to show.