त्रिकोणात्मक टी-२० : आज नेपाल र नेदरल्यान्ड्स आमने-सामने

त्रिकोणात्मक टी-२० : आज नेपाल र नेदरल्यान्ड्स आमने-सामने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बुधबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ।

मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। २०७ रनको विशाल लक्ष्य पाएको नेपालले १९ ओभर खेल्दै १८६ रन बनाएको थियो। हिजो खेलमा नामिबियाका लोफ्टी एटनले कीर्तिमानी शतक बनाएका थिए। उनले ३३ बलमा सय रन पूरा गर्दै टी-२० मा छिटो सतक बनाउने नेपालका कुशल मल्लको रेकर्ड तोडेका थिए। 

फाइनल पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। तर नेदरल्यान्ड्स निकै बलियो टोली भएकोले नेपालले सम्हालिएर खेल्नुपर्नेछ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन्। समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ। एक खेल वर्षाको कारण रद्द भएको थियो।

पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए। नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो।

Recent Comments

No comments to show.