काम अलपत्र पार्ने ९ वटा निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म ठेक्का लिन नपाउने

काम अलपत्र पार्ने ९ वटा निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म ठेक्का लिन नपाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता बमोजिम काम नगर्ने र पूर्वाधार निर्माणको कामलाई अलपत्र पार्ने ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। 

कार्यालयको मंगलबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ९ वटा निर्माण व्यावसायी/आपूर्तिकर्तालाई कालोससूचीमा राखेर कारबाही गरेको हो।

 कार्यालयका अनुसार सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालिलाई ३ वर्ष र काठमाडौंको खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी, कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौंकै प्राकृतिक/कश्यप/समिर जेभीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

Recent Comments

No comments to show.