धितोपत्र बोर्ड अध्यक्ष छनोटको कार्यविधि तयार,क-कसले दिन पाउँछन् दर्खास्त ?

धितोपत्र बोर्ड अध्यक्ष छनोटको कार्यविधि तयार,क-कसले दिन पाउँछन् दर्खास्त ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसको लागि बनाइएको सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको छ । अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।

गत पुस २० मा कार्यकाल सकिएपछि रिक्त भएको बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर रायमाझीको संयोजकत्वमा माघ ४ गते सिफारिस समिति गठन गरेको थियो ।

अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि बनाएपछि मात्र सो पदका लागि आवेदन खुला गर्न पाइने व्यवस्था छ । अब १५ दिनको म्याद दिएर राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी दर्खास्त आह्वान हुनेछ ।

कार्यविधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ ।

बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पूँजी बजार बिकास, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको स्वःघोषणा गरेको कागजात उम्मेदवारले नै प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ ।

बिद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अंक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अंक, ब्यवसायीक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अंक तोकिएको छ ।

समितिले आवेदन खुला गरेपछि मात्रै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । प्राप्त आवेदनबाट समितिले कम्तीमा ३ जनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

Recent Comments

No comments to show.