प्राधिकरणको निष्कर्ष : धरानमा विमानस्थल बनाउन सम्भव छैन

प्राधिकरणको निष्कर्ष : धरानमा विमानस्थल बनाउन सम्भव छैन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा यस्तो देखिएको हो ।

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो ।

आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत धरानमा विमानस्थल निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ।

नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

Recent Comments

No comments to show.