प्रभु बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

प्रभु बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ गरेको छ।

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।

उनी सहित यो प्रकरणमा ११ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। थप एक जनालाई पनि पक्राउ गर्ने सीआईबीको तयारी छ।

न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। उनी उक्त वैकमा रहँदा भएको एक अनियमिततामा उनलाई पक्राउ गरिएको हो। नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीले उक्त बैंकको घोटालामा छानबिन थालेको थियो।

Recent Comments

No comments to show.