काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत् कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार राधीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया