आज ८ वटा संसदीय समितिको बैठक बस्दै

आज ८ वटा संसदीय समितिको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका पाँच  वटा र राष्ट्रिय सभा अन्तर्गतका तीनवटा वटा समितिको बैठक बस्न लागेको हो । 

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको छ ।

यस्तै, अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसैगरी, राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ भने विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।  

Recent Comments

No comments to show.