काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले पछिल्लो समय घरजग्गा कारोबार र सेयर बजार सुधारोन्मुख रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै उनले पछिल्लो समय अर्थतन्त्र लयमा आउन थालेको बताएका हुन् ।
उनले सरकारले लिएको नीति, सरोकारवालासँग गरिएको छलफल, मौद्रिक नीतिमा अपनाइएको लचकता लगायत कारणले अर्थतन्त्रमा सुधार देखिएको बताएका हुन् ।
उनले रेमिट्यान्स आप्रवाह, पर्यटक आवगमन, वैदेशिक लगानी बढ्दो क्रममा रहेको बताए । राजस्व संकलनमा पनि सुधार देखिएको बताए । उनले लक्ष्य अनुसार राजस्व संकलन हुन नसके पनि वृद्धिदर १० प्रतिशत रहेको बताए ।
उनले अर्थतन्त्रमा सुधार देखिए पनि चुनौतीमुक्त भने नभइसकेको बताए ।
प्रतिक्रिया