ईसेवा लाइफ केयर योजना, ५ लाख ३० हजारसम्मको जीवन बीमा ग्यारेन्टी

ईसेवा लाइफ केयर योजना, ५ लाख ३० हजारसम्मको जीवन बीमा ग्यारेन्टी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भुक्तानी सेवाप्रदायक ईसेवाले ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्था लक्षित ईसेवा केयरलाई ग्राहकले मन पराएपछि अहिले जीवनकै बिमा हुने गरी ईसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले बताएको हो।

ईसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज हो, जसले ५ लाख ३० हजारसम्मको जीवन बिमाको ग्यारेन्टी गर्छ। यो जीवन बिमा योजना सन् लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो।

योजनामा ईसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्यसम्बन्धी सेवामा अफर तथा छुटसमेत समावेश गरिएको छ। योजनामा वार्षिक ७ सयदेखि सुरुआती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर उपलब्ध हुनेछ।

योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधा उपलब्ध गराउने अपेक्षा कम्पनीको छ।

योजनामा उमेरअनुसार प्रिमियम रकम पनि फरक हुनेछ। ईसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च १ लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्यसम्बन्धी सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

ईसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ। हाल देशभर ईसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख बढी पुगेको कम्पनीले जनाएको छ। हाल ईसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेका छन्।

Recent Comments

No comments to show.