रवि लामिछानेको प्रश्न- विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन केले रोक्यो?

रवि लामिछानेको प्रश्न- विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन केले रोक्यो?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले संसद्‌मा आएर जवाफ दिन सरकारलाई केले रोक्यो? भन्दै प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधिसभामा उनले सभामुखबाट रुलिङसमेत भइसकेको अवस्थामा पटकपटक निरन्तर जवाफ मागिरहने कुरा सृजना हुनु दुःखद भएको बताए।

उनको प्रश्न छ, ‘सभामुखबाट रुलिङसमेत भइसकेको विषयमा सरकारका मन्त्रीहरूले आफूलाई लागेको गम्भीर आरोपको विषयमा सदनमा आएर उभिएर जवाफ दिन केले रोकेको छ? किन किन यो यो निरन्तर मागिरहनुपर्ने भयो? 

मन्त्रीहरूमाथि लागेको आरोप निराधार हो भने तत्काल आएर सदनलाई जवाफ दिनुपर्ने सांसद लामिछानेको माग छ। ‘कुनै आफ्ठ्यारो छैन भने, आफूमाथि उठेको प्रश्न र आरोप  या विषय निराधार हुन् भने यसबारे भन्न केले रोक्यो सरकारलाई?’ उनले प्रश्न गरे। 

सांसद लामिछानेले सार्वभौम सदनलाई लडाइँ र आरोपप्रत्यारोपको थलो जस्तो बनाइएको उनले बताए। 

Recent Comments

No comments to show.