नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोलीले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले गएको माघ २६ गते सो प्रत्यारोपण गरेको हो । चितवनका ३३ वर्षीय पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् ।

कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था सामान्य भएपछि ती पुरुष आइतबार ‘डिस्चार्ज’ भएका छन् । भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् । गएको पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।

Recent Comments

No comments to show.