युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन संकट अन्त्य गर्न आह्वान गरेका छन्। युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सुरक्षा परिषद्को बैठकमा उनले यस्तो अपिल गरेका हुन्।

दुई वर्ष बितिसक्दा पनि युक्रेनको द्वन्द्व युरोपको मुटुमा खुला घाउ बनेको उनले बताए। अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गरिने र सबै राज्यहरूले अन्य कुनै पनि राज्यको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्धको धम्की वा बल प्रयोगबाट अलग रहनुपर्ने उनको भनाइ थियो।

युक्रेन र विश्वभर शान्ति र सुरक्षाको बाटो अपनाउनु आवश्यक रहेको गुटरेसले बताए।

– सिन्ह्वा

Recent Comments

No comments to show.