काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै ३० बिगाहा सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको आरोपमा
१७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिगाहा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा आयोगले आइतबार काठमाडौं विशेष अदालतमा १७२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले सो मुद्दामा २८ जना सरकारी कर्मचारीसहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ भने जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको छ ।
आयोगले दमक नगरपालिकाको वडा नं. १३ र १४ (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ)को विभिन्न ९ कित्ताको कुल २९ बिगाहा १७ कट्टा ७ धुर सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको जनाएको छ ।
रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको कित्ता नम्बर ७६०र१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र दमक ५ ‘ख’बीचको मार्जिनका जग्गाहरू २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्तास्रेस्ताबाट देखिएको अख्तियारको दाबी छ ।
ती जग्गाका कित्ताहरू नापी कार्यालय, चन्द्रगढी, मालपोत कार्यालय, दमक, र नापी कार्यालय, दमकबाट पुनः नापीका बखत विभिन्न व्यक्तिहरूका जग्गामा घुसाई हालसाविकबाट जग्गा दर्ता गरी व्यक्तिका नाममा गरिएको अख्तियारको दाबी छ ।
प्रतिक्रिया