विमानस्थालबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थालबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुनसहित एक जना पक्राउ परेका छन्।

भन्सार जाँच पार गरिसकेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा पाइन्ट र अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा भारतीय नागरिक मोहम्मद जेसनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी कतारको दोहाबाट मुम्बई हुँदै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए।

 बरामद सुन र जेसनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.