फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिमी जस्तै न्यानो 

तिमी जस्तै शितल

ऊनको स्वीटर

६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो। गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो, ‘फूल गीतचाहिँ कहिले आउँछ?’

१४ फेब्रुअरीबाट यो पर्खाइ समाप्त भएको छ। आर्टमान्डूले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको छ। गीतमा हर्क साउदका शब्दहरू सुजनका लयमा यसरी गुन्जन्छन्–

जुन हेर्नु तिमी माथि माथि सगरको

म हेर्छु मेरो जुन तिम्रो नजरको 

फूलहरू मुस्कुराउँछन् तिमीले देख्छौ र 

पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र

गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।

भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन्।

‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। केहीदिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो।

फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ।

फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्। फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।

फिल्म वैशाखबाट फ्लोरमा जानेछ। फिल्मलाई पाँचथरमा खिचिनेछ। आर्टमान्डूका अनुसार फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

Recent Comments

No comments to show.