महासमिति बैठकको समापन आजै

महासमिति बैठकको समापन आजै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी, ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी छ ।

बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

बुधबार रातीसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको छ । महासमिति सदस्यहरुले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरुले आआफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाइ प्रतिवेदन सहित मुल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताए।

Recent Comments

No comments to show.