भरतपुर फेरि पनि उत्कृष्ट महानगर, काठमाडौं दोस्रोमा, प्रदेशतर्फ कोशी

भरतपुर फेरि पनि उत्कृष्ट महानगर, काठमाडौं दोस्रोमा, प्रदेशतर्फ कोशी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये भने भरतपुर महानगरपालिका नै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट  भएको हो । 

अघिल्लो वर्ष पनि भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बन्न सफल भएको थियो ।भरतपुर महानगरपालिकामा प्रमुख रेणु दाहाल रहेकी छन् भने उपप्रमुख चित्रसेन अधिकारी रहेका छन् ।  आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको  छ ।

बालेन्द्र साहको काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् ।

कोशी प्रदेश कार्यसम्पादन मूल्याकनमा सबैभन्दा उत्कृष्ट

सात वटै प्रदेशको हकमा सबैभन्दा बढी ३०.८९ अंक प्राप्त गर्दै कोशी प्रदेश उत्कृष्ट कार्यसम्पादन मूल्यांकन गर्ने प्रदेशमा पर्न सफल भएको छ । २७.२९ अंक प्राप्त बागमती प्रदेश दोस्रो बन्दा २३.०७ अंक प्राप्त गर्दै गण्डकी प्रदेश तेसैो बनेको छ । यस्तै २२.३१ अंक प्राप्त गर्दै मधेश प्रदेश चौथो बन्दा, २१.०८ अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेश पाचौ बनेको छ । २०.९८ अंक प्राप्त गरेर कर्णाली प्रदेश छैटौमा पर्दा सबैभन्दा कम १६.९९ अंक प्राप्त गरेर लुम्बिनी प्रदेश सातौ तथा अन्तिममा परेको छ ।

Recent Comments

No comments to show.