कांग्रेस केन्द्रीय सदस्य गणेश लामा विरुद्ध व्यवसायी अपहरणको उजुरी

कांग्रेस केन्द्रीय सदस्य गणेश लामा विरुद्ध व्यवसायी अपहरणको उजुरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  गुण्डागर्दीबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका गणेश लामाविरुद्ध अपहरण आरोपमा उजुरी परेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, परेको उजुरीलाई ललितपुर  प्रहरी परिसरमा पठाइएको छ। इकर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै उनीमाथि उजुरी परेको हो।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको गरेको आरोप लगाइएको छ। खड्काले दिएको जाहेरी अनुसार गैर आवासीय नेपाली खड्कालाई ८ घण्टा बन्धक बनाएर फिरौती कागज गराइएको थियो। प्रहरीका जाहेरी दिएपछि खड्काले प्रेस विज्ञप्ति समेत जारी गरेका थिए।

घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेपछि विज्ञप्ति जारी गरेको जनाएका छन्।  ‘डकैतहरूलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्त्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ,’ उनले भनेका छन्।

Recent Comments

No comments to show.