एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष निष्कर्ष पेस गरिँदै

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष निष्कर्ष पेस गरिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि जारी सातौँ  बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन् ।

बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए । जसमा ९ समुहमा छलफल गरिएको हो ।

सोही समूहले आज प्रतिवेदनको निचोड सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आज सकिने एमालेले जनाएको छ ।

Recent Comments

No comments to show.