काठमाडौँ । फागुन २५ गतेबाट प्रदर्शनमा आउनले अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
मूख्य पात्रहरूलाई समेटिएको ट्रेलरमा तराई क्षेत्रमा भएका विविध घटना र आयामहरूलाई दृश्यमार्फत देखाउने खोजिएको छ। साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशकसुवेदी ‘रंगेली’दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेको बताए। ‘गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो चलचित्र बनाएका छौं । रंगेलीको कथा तराई क्षेत्रको कथा हो,’ उनले भने, ‘ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु, हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौं।’
अभिनेता रुपेश झाले ‘रंगेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए। अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभियन छ।
सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको फिल्मका गीत हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारले लेखेका छन्।
जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेको फिल्म सुशन प्रजापति खिचेका हुन्।
प्रतिक्रिया