कांग्रेस महासमिति बैठक :विभिन्न प्रतिवेदन पेश गरिने

कांग्रेस महासमिति बैठक :विभिन्न प्रतिवेदन पेश गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा आज बन्दसत्र सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुन लागेको हो ।

बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।

यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ । विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ । 

Recent Comments

No comments to show.