काठमाडौँ । नेपाली कांग्रेसको शभेक्षुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गर्ने निर्णय लिएको छ।
युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्।
‘कांग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ लम्सालले निकालेको विज्ञप्तिमा उल्लेख छ,‘नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मुल्यको समेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्व बारे अनाधिकृत र अप्रासंगिक निर्णय गरिएको प्रति युनियनको गम्भीर आपत्ति छ।’
अध्यक्ष लम्सालले निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति भत्सर्ना गर्दै यथास्थितिमा कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने घोषणा गरेका छन्।
उनले कांग्रेसको अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको प्रतिवाद गर्न आह्वान पनि आग्रह गरेका छन्।
प्रतिक्रिया