काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न प्राविधिक पदमा १५ कर्मचारी माग गरेको छ ।
खुला प्रतिस्पर्धाबाट करार सेवामा नियुक्त गर्ने गरी अस्पतालले मुख्य प्राविधिक सहायक फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीमा ५/५ जना जनशक्ति माग गरेको हो ।
चिकित्स शास्त्र अध्ययन संस्थान, कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीबमोजिम करार सेवामा पदपूर्ति गर्नेगरी जनशक्ति मागिएको अस्पताल प्रशासनले जनाएको छ । आवेदन आगामी फागुन १८ गतेसम्म भर्न सकिने छ ।
प्रतिक्रिया