टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक र सांस्कृत्तिक उन्नतिको अभियानलाई टेलिफिल्महरुका माध्यमबाट सार्थक बनाउने भन्दै प्रिज्मा टेलिभिजन सञ्चालनमा आएको छ । टेलिशृंखला मात्रै प्रसारण गर्ने गरी सञ्चालनमा आएको यो च्यानल विधागतरुपमा मुलुककै पहिलो च्यानल हुने सञ्चालकले जनाएका छन् ।

काठमाडौंबाट प्रसारण हुने टेलिभिजनले औपचारिक कार्यक्रम गर्दै प्रसारण थालिएको घोषणा गरेको हो । कार्यक्रममा कलाकार नीर शाहले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने विश्वास लिएको बताए । फिल्म क्षेत्रलाई जस्तै टेलिभिजनलाई पनि संकुचित क्षेत्रभित्र राख्दै आएको बताउँदै टेलिश्रृंखलाहरुलाई संकुचित घेराभित्र राख्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘दुर्भाग्यको कुरा भन्नुपर्छ, प्राय हामीहरुले फिल्मको परिभाषालाई जसरी संकुचित घेरामा राखेका छौं, त्यसरी नै टेलिशृंखलालाई पनि यही घेराभित्र राख्ने गरेका छौं ।’

नेपाली दर्शकलाई एक सूत्रमा बाँध्न उच्चस्तरका मनोरञ्जनात्मक कार्यक्रमहरु उपलब्ध गराउने उद्देश्यले टेलिभिजन च्यानल सञ्चालनमा ल्याइएको जानकारी कार्यक्रममा दिइयो । विभिन्न भाषाका विदेशी धारावाहिकलाई नेपाली स्वरांकन गरेर प्रसारण गर्ने योजना छ ।

टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई अझ मजबुत बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने भूमिकाका रुपमा टेलिशृंखलाको माध्यम अपनाउने प्रिज्माको प्रमुख उद्देश्य रहेको सञ्चालक अध्यक्ष निर्जल श्रेष्ठले बताए ।

उनले भने, ‘प्रिज्मा टेलिभिजन रिफ्लेक्सन अफ लाइफले टेलिशृंखलाहरुमार्फत मूल रुपमा नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भाषिक र भाषिक विविधतालाई चित्रण गर्ने लक्ष्य राखेको छ । यसै प्रयासको विविधतालाई समेट्दै सामाजिक एवं सांस्कृतिक विकास एवं प्रवर्धनमा हाम्रो भूमिका रहनेछ ।’

प्रसारण गरिने मनोरञ्जनात्मक सामाग्रीले प्रिज्माको परिचयको दायरा फराकिलो बनाउने विश्वास लिएको उनले बताए ।

Recent Comments

No comments to show.