माओवादीको विधान सम्मेलन आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादीको विधान सम्मेलन आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन दिनदेखि जारी माओवादी केन्द्रको विधान सम्मेलन आज सकिदै छ । समूहगत छलफलको निश्कर्षलाई अन्तिरुप दिएसँगै आज सम्मेलन सकिने भएको हो ।

विहान ११ बजेदेखि शुरु हुने वैठकमा समूहगत छलफलका सुझावहरु पेश गर्ने क्रम सकेपछि आजै विधान सम्मेलन अन्त्य गर्ने माओवादीले जनाएको छ ।

छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने  विधान मस्यौदा संयोजक पम्फा भुसालले जानकारी दिइन्।

सम्मेलनमा समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी छ । बुधबार १३ वटा समुहले निष्कर्ष प्रस्तुत गरेका थिए भने आज सात वटा समूहले निष्कर्ष प्रस्तुत गर्ने कार्यसूची छ । समूहका प्रमुखले पार्टीको नाम र चुनाव चिन्ह फेर्नु पर्ने प्रस्ताव गरेका छन् ।

कतिपयले भने पाटीई अध्यक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएर बाम गठबन्धनको सरकार बनाउन सुझाव दिएका छन् । अधिकांसले पार्टी कार्यसमिति चुस्त र छरितो बनाउन सुझाव दिएका छन् ।

माओवादीमा अहिले ४ सय ९ केन्द्रीय सदस्य छन् । केन्द्रीय समिति १५१ बनाउनु पर्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय समितिका सदस्यले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिका एक–तिहाइलाई पोलिटब्युरोमा राख्ने भनिएको छ ।

Recent Comments

No comments to show.