मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा छिटपुट वर्षा , हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा छिटपुट वर्षा , हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहानसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent Comments

No comments to show.