प्रचण्डले भने-‘अदालतको सम्मान गर्छौं, जनयुद्ध दिवस पनि मनाउछौं’

प्रचण्डले भने-‘अदालतको सम्मान गर्छौं, जनयुद्ध दिवस पनि मनाउछौं’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको सम्मान गर्दै जनयुद्ध दिवस मनाउने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले गठबन्धनबाट जहिले नै धोका भइरहेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने जानाकारी दिए । कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ ।

त्यस्तै माओवादी केन्द्रले १८ वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । थप हुनेहरूमा लालबहादुर सुस्लिब, शंकर राई, रिपुप्रसाद राई, डम्बर सुवेदी, डा. महादेव महतो, मोरब, टंक गिरी, रामसुर बुढा, पुरन के.सी, राजेन्द्रवीर राय, नारायण महर्जन, हीरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोट, गंगा पोखरेल र विजय वनेम छन् ।

यस्तै, पूर्णसिंह राजवंसी, लक्ष्मी श्रेष्ठ, विना पोखरेल र सुरेश गौतमलाई चयन गरेको छ । भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, ईन्द्रप्रसाद रेग्मी र प्रकाश सुवेदीलाई थप गरेको छ ।

वैकल्पिक सदस्य, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य थप गरेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टी पंक्तिमा परिपत्र जारी गर्दै जानकारी गराएका छन् । सदस्य थप गर्ने स्थायी कमिटीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

Recent Comments

No comments to show.