काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगरविरुद्ध विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् । आफूहरूले फुटपाथ व्यवसायीहरूलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरू लुटेर लगेको उनको भनाइ छ । महानगरपालिकाले फुटपाथ व्यवसायीहरूका माग सम्बोधन गर्नुपर्ने उनको माग छ ।
अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने माग गरे । काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको उनको आरोप छ ।
प्रतिक्रिया