आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता छ : अध्यक्ष अग्रवाल

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता छ : अध्यक्ष अग्रवाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाल उद्योग परिसंघले सरकारले बजेटमा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएको छ। 

परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर काठमाडौँमा गरेको बजेट वाच कार्यक्रममा यस्तो बताएको हो। 

परिसंघले ६ महिनाको अवधिमा बजेट कार्यान्वयनको अवस्था हेर्दा बजेटमार्फत सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन देखिएको बताएको छ। 

परिसंघका अध्यक्ष अग्रवालले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा विकास निर्माणका कार्यहरु प्रभावकारीरुपमा अगाडि बढ्न नसकेको बताए। उनले चालु आर्थिक वर्षको ७ महिना पूरा हुनै लाग्दा पुँजीगत खर्च ज्यादै न्युन रहेको भन्दै २० प्रतिशत मात्रै पुँजीगत खर्च हुनु राम्रो लक्षण नभएको बताए। 

उनले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको औँल्याए। 

उनले पुँजीगत खर्च बढ्दै जाँदा त्यसले अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउने जिकिर गरे। सरकारले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवाललको भनाइ छ। 

Recent Comments

No comments to show.