बुढानिलकण्ठ हेरिटेजले आईपिओ जारी गर्ने

बुढानिलकण्ठ हेरिटेजले आईपिओ जारी गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा साधारण सेयर आईपिओ जारि गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमामा १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा बुढानिलकण्ठ हेरिटेजका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।  

२०७५ सालमा प्रालिको रुपमा दर्ता भई विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं १, काठमामा रहेको छ । संस्थापकहरुको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक शेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी १ अर्ब पुग्नेछ ।

अन्तर्राष्ट्रिय चेन होटेलअन्तर्गत लेमन ट्री प्रिमियरको ब्रान्डबाट सञ्चालन गरी ग्राहकलाई गुणस्तरीय सेवाप्रदानगर्ने उद्देश्यले कम्पनीले बूढानीलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । 

Recent Comments

No comments to show.