मन्त्री फेर्नेकुरा मिडियालाई थाहा दिनु हुँदैन : अध्यक्ष नेपाल

मन्त्री फेर्नेकुरा मिडियालाई थाहा दिनु हुँदैन : अध्यक्ष नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । 

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् । बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबिच विवादको विषय नबन्ने जिकिर समेत गरे ।

अध्यक्ष नेपालले न्यायको निम्ति, अधिकारको निम्ति लड्नेहरुलाई कसैले पनि प्रतिबन्ध लगाउन नमिल्ने बताए ।

Recent Comments

No comments to show.