एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसेलको दोब्बर डेटासहितको ‘डबल मजा प्याक’ अफर फेरि सञ्चालनमा आएको छ। यो डबल मजा अफरलाई तीन प्याकका साथ पुनः सञ्चालन गरिएको एनसेलले जनाएको छ।

सात दिने समयसीमा रहेको यो प्याकमा कर सहित १५० रुपैयाँमा पाँच जीबी र २०० रुपैयाँमा आठ जीबी डेटा लिन सकिनेछ। त्यस्तै, ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरीद गर्न सकिनेछ।

यो प्याकको समयावधि नसकिँदै हरेक खरीदमा त्यही मूल्यमा डबल डेटा बोनस प्राप्त हुनेछ। यदि कुनै ग्राहकले आठ जीबी प्याकको प्याक खरीद गरको सात दिनभित्र फेरि सोही प्याक खरीद गरेमा १६ जीबी डेटा बोनसका रुपमा पाइने एनसेलले जनाएको छ।

यसरी सात दिने समयावधि भएको प्याकमा बोनस पाएको डेटा भने २८ दिनसम्म चलाउन सकिनेछ। त्यस्तै, २८ दिने समयावधि रहेको प्याकमा पाइने बोनस डेटा ६० दिनसम्म चलाउन सकिने एनसेलले जनाएको छ।

डबल मजा प्याक खरीद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सकिनेछ। अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन यो अफरले सहयोग पुग्ने एनसेलको विश्वास छ।

Recent Comments

No comments to show.