रिलायबल नेपाल लाइफको नाफा बढ्यो,अन्य सूचक कस्ता ?

रिलायबल नेपाल लाइफको नाफा बढ्यो,अन्य सूचक कस्ता ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा झिनो सुधार आएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४.९७ प्रतिशतले बढेको हो ।

रिलायबल लाइफले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १ करोड ९ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष पुससम्म २२ करोड ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा सुधार आउँदा खुद नाफामा पनि झिनो सुधार आएको हो ।

चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क संकलन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले ऋण तथा लगानीबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा १ अर्ब ७५ करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.७२ रुपैयाँबाट घटेर ११.५५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ ।

Recent Comments

No comments to show.