पूर्वमन्त्री एवम् कांग्रेस नेता केशव कुमार बुढाथोकीको निधन

पूर्वमन्त्री एवम् कांग्रेस नेता केशव कुमार बुढाथोकीको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। 

विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको मृत्यु भएको हो। 

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।

बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै देउवाले उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यस्तै, सभामुख देवराज घिमिरेले पनि बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। बुढाथोकी नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ रहेको उल्लेख गर्दै सभामुख घिमिरले उनको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

Recent Comments

No comments to show.