अरुण चौधरी लगायतलाई अनुसन्धान सकेर जमानीमा छोड्न अदालतको आदेश

अरुण चौधरी लगायतलाई अनुसन्धान सकेर जमानीमा छोड्न अदालतको आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।

उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो।

‘दुई दिनका लागि म्याद थपिएको छ, दुई दिनमा नसकिए जमानीमा छोड्नू भन्ने छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भने।

Recent Comments

No comments to show.