सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब

सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६२.९३ प्रतिशतले बढेको हो ।

सूर्यज्योति लाइफले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ९ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष पुससम्म १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा ह्वात्तै बढेको हो ।

चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क संकलन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले बीमालेख धितोबाट १७ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य ऋण तथा लगानीबाट १ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

हाल ४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा ३ करोड ७२ लाख रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३३ करोड १३ लाख रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.३९ रुपैयाँबाट बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ छ ।

Recent Comments

No comments to show.