आर्सनलले लिभरपुललाई हरायो

आर्सनलले लिभरपुललाई हरायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी  ।​ इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग पराजित भएको छ।  गएराति  राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३ण्ज्ञछण्१ ले विजयी भएको हो ।​

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे। खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्यो। लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो।

दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण गरेको लिभरपुलले दुई गोल खान पुग्यो।​ ६७औं मिनेटमा लिभरपुलका मार्टीनेलीले गोल गरेका थिए।८८औं मिनेटमा लिभरपुल दश जनमा सिमित भयो। डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो।​

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जित सुनिश्चित गरे।

जित पछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ। दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ। लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ।

गएराति नै भएको खेलमा चेल्सी उल्भ्ससँग ४–२ गोलले पराजित भयो।  म्यान्चेस्टर युनाइटेडले वेष्टह्यामलाई ३–० ले हरायो।  

Recent Comments

No comments to show.