जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन्।

पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरुले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

अध्यक्ष नेपालले भने, ‘अहिले नेपालको राजनीतिमा बामपन्थी राजनीतिमा जबजको विषय अहिले पनि बहसको विषय बनेको छ कि जनताको बहुदलीय जनवादको सान्दर्भिकता छ कि छैन ? केहीकेही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो जनताको बहुदलीय जनवाद। यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन्। जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेको छैन, यसको अन्तर्य बुझेको छैन। यसको महत्व बुझेको छैन। यसले ऐतिहासिक रुपमा खेलेको भुमिकालाई जसले बुझेको छैन। उसले यो पुरानो भयो, यसको सान्दर्भिकता सक्कियो भन्दछन्। र यसले यी सबै कुराहरु बुझेको छ। यसको सान्दर्भिकता अहिलेको अन्तराष्ट्रिय परिवेशमा, राष्ट्रिय परिवेशमा। नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान परिवेशमा। जसले बुझेको छ। यसको आवश्यक्ता र सान्दर्भिता अझै पनि छ। यसको औचित्य समाप्त भएको छैन भन्ने निष्कर्षमा पुग्छन्।’

Recent Comments

No comments to show.