प्रहरी जवानले गरे साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या

प्रहरी जवानले गरे साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Recent Comments

No comments to show.