माल्टा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ का प्रकाश गुरुङ पक्राउ परेका छन्।

गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रुपैयाँ तलबमा काम लगाइदिने भन्दै ठगेका हुन्।

उनले पटकपटक गरी उक्त रकम ठगी गरेको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.