काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको हो ।
बुधबार बसेको निगम सञ्चालक समितिको निर्णय बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ, डिजेल, मट्टितेलको मूल्य १५८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया