काठमाडौं । युट्युबर मनोज मानव फेरी पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलवार पक्राउ गरेको हो।
यसअघि पक्राउ परेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा १ लाख धरौटीमा रिहा भएका मनोज मानव पुनः पक्राउ परेका हुन्।
मनोज मानवलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले भने, ‘महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। म्याद थपका लागि अदालत लगिएको छ।’
उनले एक महिलाको गोप्य अडियो, भिडियो समेत लिएर चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित भनिएको ती महिलाले जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।
प्रतिक्रिया