सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए।

‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,’ प्रधानमन्त्रीले भने, ‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी-सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ।

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे। रासस

Recent Comments

No comments to show.